Aamsanchar

मोटरसाइकल दुर्घटनामा म्यादी प्रहरीको मृत्यु

Author Image
शनिवार, जेठ ६, २०७४

राजविराज।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका– ११ स्थित मोहुली पुलमा मोटरसाइकल दुर्घटनामा परी आज एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको इलाका प्रहरी कार्यालय मोहुलीमा कार्यरत सप्तरीकै कृष्ण सबरण गाउँपालिका– ३ का २६ वर्षीय मीननारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको चौधरी सवार ना ३३ प ४१२२ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई मोहली पुलमा ठोकिँएको थियो । त्यस्तै मोटरसाइकल पछाडी सवार प्रहरीचौकी पकरीमा कार्यरत सप्तरी कृष्ण सबरण गाउँपालिका– १ बस्ने २३ वर्षीय म्यादी प्रहरी रगुनन्दन चौधरीसमेत गम्भीर घाइते भएका छन् ।
घाइते उहाँको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कर्यालय मोहुलीले जनाएको छ ।

Views: 109

प्रतिक्रिया (०)