झापा,
सामान्यता सुरक्षाको लागि हस्तान्तरण गरिएको वनको मुख्य आम्दानीको स्रोत घाँस, दाउरा र काठपात नै हो । वनको आम्दानी लिन धेरै वर्ष पर्खनु पर्ने भएपछि पछिल्लो समय झापा खुदुनाबारी क्षेत्रमा रहेको जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह पर्यटन विकास निर्माण गर्ने आकर्षित हुँदै गएको छ । सामुदायिक वनको आम्दानीको स्रोत काठ, दाउरा मात्र हो भन्ने पचलित मान्यतालाई तोड्दै पर्यटन विकास गर्ने शुरुवात गदै आएकोे छ ।
झापाका क्रियाशील सामुदायिक वनमध्ये जुकेखाडी वनको यो प्यास पछिल्लो उदाहरण हो । यस समूहले कौदले वनमा सिमसार पोखरी खनी पर्यटनको प्रचुर सम्भावनालाई विकास गर्ने ध्यान दिएको छ । ७ सय ४७ दशमलव ६० हेक्टर क्षेत्रमा फैलिएको यस सामुदायिक वनमा बहुउपयोगी प्रजातिका बिरुवा वनको खाली चउर, खोला, खोल्सामा भूगोल अनुसार ट्रिक, मलेसियन साल, खयर, सिसौ, बाँस वृक्षरोपण गदै हराभरा बनाउँदै आएको छ ।
जसले गर्दा भू–क्षय न्युनिकरणमा समेत महत्वपूर्ण सहयोग पु¥याउँदै आएको छ । चरिचराउ बन्द गराउँदै वायोइञ्जिनियरिङ पद्धतिबाट धरधरे, रामचोक, सुखानी क्षेत्रमा वृक्षरोपण गरिसकेको देख्न सकिन्छ । समूहको कार्यालयबाट ५ किलोमिटर पश्चिम उत्तर भागमा गैंडेआल नामले पसिद्ध छ सो क्षेत्रमा भने बेलाबखत हात्ती बसोबास गर्छन् भन्छन् स्थानीयबासी ।
गैंडेआलमा हामी पुग्दा भने देख्न पाइएन । हात्तीको बाँसस्थान व्यवस्थापन र संरक्षणमा यस सामुदायिक वनले ध्यान पु¥याएको देखिन्छ । यस अलावा यस सामुदायिक वनले दीगो वन व्यवस्थापन गर्दै स्थानीयबासिन्दाको जिविकोपार्जन सुधारसहित स्वास्थ्य, गरिबी निवारण, वृक्षरोपण, खानेपानी, कल्भर्ट, शिक्षा क्षेत्रका विकासतर्फ समेत महत्वपूर्ण योगदान पु¥याइरहेको छ । सामुदायिक वनको आयस्रोतले स्थानीयस्तरको विकास निर्माणको काम, वृक्षरोपण, गरिब उपभोक्तालाई सहज मूल्यमा काठ वितरणको कामसहित वातावरणीय सन्तुलन कायम नाङ्गा डाँडापाखा नदी किनारका आसपासमा क्षेत्रमा गर्ने कार्यमा निरन्तर क्रियाशील छ । समूहको कार्ययोजना अन्तर्गत रहँदै योजना बनाई कार्यान्वयन गर्दै सामुदायिक वनमा आश्रित उपभोक्ताहरुको पनि सशक्तिकरण र सचेतीकरण गरिरहेको छ । समूह, सुशासन र पारदर्शिता सदैब सचेत रहेको देखिन्छ ।
यस समूहले समुदाय नै सक्रिय भए त्यसबाट वनको दिर्घकालीन आर्थिक लाभ र विकास सम्भव हुन्छ भन्ने मान्यता राख्दै आएको छ । उपभोक्ताहरुमा विकासको अपनत्व गराउँदै यस समूहको कामको प्रगति सोझै देख्न सकिन्छ ।
समुदायमा गरिबीको चपेटामा परेका घरधूरीहरुलाई निःशुल्क काठ समेत उपलब्ध गराइरहेको छ । वन पैदावर बिक्री वितरणमा सम्पूर्ण अधिकार टोल समितिलाई दिँदै आएको छ भने चिरान, स्टिप, दाउराबाट आउने कच्चा वस्तुहरुबाट फर्निचर सञ्चालन गरी उपभोक्तालाई सरल मूल्यमा वितरण गरिरहेको छ । यस समूहले वन अतिक्रमणलाई रोक्दै चोरीतस्करी जस्ता अवैधानिक विषयहरुलाई जनचेतनासहित न्यूनिकरणको प्रयत्न गर्दै आएको देख्न सकिन्छ ।
यस सामुदायिक वनले आफ्ना उपभोक्ताहरुलाई विद्युत्को पहुँच पु¥याउने उद्देश्यले सबै टोल–टोलमा उज्यालो क्षेत्र बनाइसकेको छ । यसै क्षेत्रमा रहेका अति विपन्न वर्ग पहिचान गरी शौचालय निर्माणमा निःशुल्क पेना, फर्निचर, चिरान काठसहित रोगी बिरामीलाई यथाशक्य आर्थिक सहयोग गर्दै आएको छ ।
यसैक्षेत्र अन्तर्गत रहेका फाल्गुन्द शान्ति वन बाटिका, सर्वेश्वर शिव पञ्चायन मन्दिरको एकीकृत पूर्वाधार विकास गरी मठ–मन्दिर संरक्षण गर्दै आय–आर्जन उत्पादन गर्ने सोच पनि अगाडि सारेको छ भने यसै क्षेत्रमा रहेको सुखानी शहादत स्थलमा प्रचुर पर्यटन र आयमूलक हुने सम्भावनालाई ध्यान दिँदै दीगो आय–आर्जनमा समेत लागीपरेको छ । समूहले शैक्षिक क्षेत्रमा लगानी गर्दै शिक्षाको ज्योति निरन्तर छरिरहेको देख्न सकिन्छ । भानु आधारभूत विद्यालयको लागि भवन निर्माणको लागि काठ समेत उपलब्ध गराएको छ । यस समूहले स्थानीय स्तरका मठमन्दिरलाई संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नेको निम्ति त्रिपुरेश्वर शिवालय मन्दिरमा चेनगेट लगायत अन्य मठमन्दिरलाई काठ समेत सहयोग गर्दै आएको छ । समूहले शाखा सडकमा रहेका खाल्डाखुल्डीमा बेला बखत मर्मत गर्दै सडक सुचारु गर्दै आएको छ ।
सिमित स्रोत–साधनको अधिकतम् उपयोग गर्दै समूहका पदाधिकारी मात्र होइन, उपभोक्ता समेत वन संरक्षणमा सक्रिय रहँदै आएका छन् । १७ सय ४७ जना उपभोक्ता संख्या रहेको यस समूहमा प्राकृतिक स्रोत र वनको दीगो व्यवस्थापन समूहले टोल–टोलको उपभोक्तालाई उपस्थिती गराउँदै सचेतिकरण गराउँदै आएको छ ।
वैज्ञानिक वन व्यवस्थापनको निम्ति समूहले बेलाबखत आवश्यक ज्ञान, सिप, गोष्ठी, सेमिनार गराउँदै निरन्तर वन संरक्षणमा अघि बढिरहेको छ । आवश्यकता हेरी वनको थिनिङ्ग, पुनिङ्ग झाडी सफाई गर्दै वनलाई हराभरा बनाउँदै आएको छ । समूहको आय भने १ करोड ३४ लाख २८ हजार ५ सय २८ रुपैयाँ ६० पैसा रहेको समूहले जनाएको छ । लामो समयदेखि ऋण सापटीमा रहेको यस समूहले आ.व. ०७२÷०७३ मा झण्डै ५३ लाख ऋण तिरी ऋणमुक्त भएको जनाइएको छ । २३ सदस्यीय कार्यसमिति सदस्य, छ हेरालुसहित सामुदायिक वनका उपभोक्ताहरुले वनको संरक्षण गर्दै आएको लेखापाल हरि खतिवडाले बताए ।

प्रस्तुतिः सागर गौतम

