Aamsanchar

चट्याङ लागेर महिलाको मृत्यु, चार घाइते

Author Image
आइतवार, जेठ ७, २०७४

झापा : 

शनिबार साँझदेखि आएको हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर झापामा एक महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार हल्दिबारी–३ निवासी ५० वर्षीया लीला बानियाँको चट्याङ लागेर मृत्यु भएको हो। उनलाई शनिबार साँझ चट्याङ लागेपछि उपचारका लागि मेची अञ्चल अस्पताल, भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए।

चट्याङकै कारण सोही ठाउँ निवासी राधिका बानियाँका ११ वर्षीय छोरा अनिल बानियाँ र महेश बानियाँकी श्रीमती २३ वर्षीया सोरधनी मिस्त्री घाइते भएका छन्।  उनीहरुको मेची अञ्चल अस्पताल, भद्रपुरमा उपचार भइरहेको जिप्रका, झापाले जनाएको छ। उता हल्दिबारी–४ निवासी ५५ वर्षीया नर्बदा पोख्रेल र गौरादह–२ निवासी १९ वर्षीय गोपाल तामाङ चट्याङ लागेर घाइते भएका छन्।

चट्याङ लागेर बेहोस भएका तामाङको दमकको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ भने पोखे्रलको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको जिप्रका, झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर