सुनसरी।
सुनसरीको इटहरी-१२ स्थित खनारबाट प्रहरीले सोमबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इटहरी-४ बस्ने २१ बर्षिय जोगेन्द्र राइ र १८ बर्षिय सनम बिष्ट रहेका छन्। उनीहरुलाई सि.आर.भी खनारबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ४ बजे पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट लुपिजेसिक १० थान, डाइजेल्याप १० थान र एभिल १० थान बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई प्रहरी चौकी खनारमा ल्याई थप अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 110