Aamsanchar

पाँच करोडको लागतमा राजगढमा पेट्रोलपम्प

Author Image
मङ्गलवार, जेठ ९, २०७४

राजगढ।

बाह्रदशी गाउँपालिकाको वडा नं. ३ स्थित राजगढ बजारमा सोमबारबाट पेट्रोलपम्प सञ्चालनमा आएको छ ।

वशिष्ठ आयल ट्रेडर्स नामबाट खगेन्द्रबहादुर कार्की र समता कार्कीले पेट्रालपम्प सञ्चालनमा ल्याएका हुन् । दक्षिण क्षेत्रका सेवाग्राहीलाई मध्यनजर गर्दै झण्डै ५ करोड रुपैयाँको लगानीमा पेट्रोलपम्प सञ्चालनमा आएको हो । चारकठ्ठा क्षेत्रफलमा स्थापना गरिएको पेट्रोलपम्प सुविधासम्पन्न भएको बताइएको छ ।

पम्पको उद्घाटन बालक निश्चल कार्कीले गरेका थिए । पेट्रोलपम्प सञ्चालनमा आएसँगै त्यसक्षेत्रका स्थानीय बासिन्दा हर्षित भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर