Aamsanchar

नेवारी संस्कृति सम्बन्धी तालिम

Author Image
मङ्गलवार, जेठ ९, २०७४

सुरुङ्गा।

सुरुङ्गामा सञ्चालित नेवारी भाषा, धर्म र संस्कृति सम्बन्धी पाँच दिने तालिम सम्पन्न भएको छ । तालिममा कनकाई नगर क्षेत्रका ४५ जना नेवार महिलाको सहभागिता रहेको थियो । तालिममा काठमाडांै निवासी नेवारी भाषा प्रशिक्षक प्रतिभा श्रेष्ठले सहजीकरण गरेकी थिइन् ।

तालिममा समयबजी र भोजको परिकारका साथै हरेक पर्वमा बनाइने खानाको बारेमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिइएको थियो । यसका साथमा पूजापाठ गर्ने विधि लगायतका नेवारी संस्कृतिका बारेमा जानकारी गराइएको नेवा मिसाः दबुः कनकाई नगर समितिकी सहसचिव अनिता श्रेष्ठले बताइन् ।
नेवा मिसाः दबुः कनकाई नगर समिति र नेवा भाषा मिसाः खलः कनकाई नगर समितिको संयुक्त आयोजनामा भएको तालिममा सहभागी भएर नेवारी कला, संस्कृति सम्बन्धमा धेरै कुरा सिक्न पाइएको नेवा मिसाः दबुः की सदस्य ज्योति श्रेष्ठले बताइन् । लोप हुँदै गएको नेवारी रीतिरिवाजका बारेमा जानकारी प्राप्त गर्न सफल भएकोमा धेरै खुशी लागेको उपाध्यक्ष चित्रा श्रेष्ठले बताइन् ।
कार्यक्रममा नेवार जातिको संस्कृति र संस्कार नेपालका अन्य जातिको तुलनामा अति नै सम्पन्न र सबल भएको जानकारी प्राप्त भएको नेवा भाषा मिसाः खलः कनकाई नगर समितिका अध्यक्ष वर्षा श्रेष्ठले बताइन् ।
सो अवसरमा नेवार जातिको भाषा, संस्कृति, खानपान, भेषभुषाको संरक्षण गर्न आवश्यक रहेकोमा तालिमको अध्यक्षता गरिरहेकी नेवा मिसाः दबुः कनकाई नगर समितिकी अध्यक्ष निता श्रेष्ठले जोड दिइन् ।
नेवाःपुचःसुरुङ्गाको जन्म भएपछि नेवारी भाषा संस्कृति सम्बन्धी गतिविधिहरु सुरुङ्गा क्षेत्रमा ह्वात्तै बढेको पाइन्छ । यस क्रममा उक्त कार्यक्रमको पनि आयोजना गरिएको नेवाःपुचः सुरुङ्गाका अध्यक्ष रत्नकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर