बिर्तामोड।
सुजाता निरौला बचाउ अभियान उपचारार्थ सहयोगका लागि हेल्पिङ हेन्ड्सको आयोजनामा दमकमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।
दमकमा भएको कार्यक्रमबाट ५७ हजार २ सय २३ रुपैयाँ संकलन गरिएको हेल्पिङ हेण्ड्सका संस्थापक कमल न्यौपानेले बताए । कार्यक्रममा तारावीर पाण्डे, प्रेम आङ्देम्बे, विशाल घिमिरे, सुनिल राई, शम्भु न्यौपाने, सन्दीप राई, एलिसा तामाङ, जुनु प्रसाईंलगायतका कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
सुजाता निरौला बचाउ अभियान कार्यक्रममा दमक डान्स सेन्टर दमक, हिमालय समाुदायिक क्लब दमक, हिमालय स्काउट दमक, गोर्खा डिपार्टमेन्ट दमक, रेडक्रस उपशाखा दमक, हिमाली फार्मेसी दमक, डिजिटल साउन्ड इगल दमक र नेप्लिज सर्कल लगायतले सहयोग पु¥याएका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 224