Aamsanchar

सगरमाथामा भारतीय महिलाको नयाँ कीर्तिमान

Author Image
बुधवार, जेठ १०, २०७४

सोलुखुम्बु।

एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गर्नुभएको छ ।

उहाँले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको सरकारतर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ३७ वर्षीय अंशुले पर्यटन विभागबाट एकै याममा दुईपटक सगरमाथा आरोहणको अनुमति लिएर एजी एभरेस्ट एक्सपीडिसनमार्फत आधार शिविर पुग्नुभएको थियो ।

दुईपटक आरोहणका लागि जानसेन्पाले पर्यटन विभागमा प्रतिपटकको ११ हजार डलरका दरले दुईपटकका लागि २२ हजार डलर बुझाउनु भएको पर्यटन अधिकृत श्रेष्ठले बताउनुभयो ।

सामान्यतयाः एक याममा आरोहीले एकपटक मात्रै हिमाल आरोहण गर्ने गरिएको भए पनि उहाँले एकै याममा दुई पटक आरोहण गर्नुभएको हो । यो याममा दुईपटक आरोहण गर्ने र छोटो समयावधिमा आरोहण गर्ने उहाँ एक मात्र आरोही बन्नुभएको छ ।

भारतको अरुणाञ्चल प्रदेशकी जम्सेन्पाले यसअघि सन् २०११ मा १० दिनको अन्तरालमा दुईपटक सगरमाथाको आरोहण गरिसक्नुभएको थियो । अहिलेसम्म छोटो समयावधिभित्र महिला पर्वतारोहीले सगरमाथाको आरोहण गरेको कीर्तिमान नेपालकी छुरिम डोमा शेर्पाको नाममा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर