सप्तरी।

सप्तरीको कृष्णशवरण गाउँपालिका-४ मा विहीबार गोमन सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कृष्णशवरण गाउँपालिका-४ बस्ने बेचन यादवकी ११ बर्षिया छोरी ज्ञानी कुमारी यादव रहेकी छिन्।


विहान ७ बजेतिर आफ्नै घर अगाडी आगन बढार्ने क्रममा बालिकालाई सर्पले टोकेको थियो। उनको ग्रिनक्रस अस्पताल विराटनगरमा उपचारको क्रममा विहान १० बजे मृत्यु भएको हो।
Views: 128

