पोखरा :

पोखरा महानगरपालिकाको मेयर, उपमेयरमा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार मानबहादुर जिसीले ६० हजार ४ सय २३ मत ल्याएर मेयर पदमा विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याउनुभयो ।

त्यस्तै उममेयरमा मन्जु देवि गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकतम् प्रतिष्पर्धी कांग्रेसका सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याउनुभयो ।
यस्तो छ मानबहादुर जिसीकाे व्यक्तिगत विवरण
नाम : मानबहादुर जिसी
बाबु : नरबहादुर जिसी
आमा : मानकुमारी जिसी
जन्म
२०१७ भाद्र १७ गते मंगलबार ९५ सन्तान . ४ छोरा र १ छोरी मध्य जेठो सन्तानको रुपमा मध्यम वर्गीय किसान परिवारमा जन्म ०
जन्म स्थान : साविक कालिका गाविस वडा नं ५ देउमाडी ९हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं। २८०
विवाह स् २०३६ साल फागुन २७ गते पोखरा. १२ निवासी सुब्बा डम्बरबहादुर कार्कीको छोरी शिव कार्कीसँग विवाह ।
सन्तान स् २ छोरी.मन्जु र अन्जु जिसी, १ छोरा अशोक जिसी

शिक्षा स् १-३ कक्षा जनक प्रावि ओखले माझठाना,
. ४ कक्षा हिमालय प्रावि ठूलोस्वारा चितेपानी,
. ५-१० कक्षा श्री जनज्योति माध्यामिक विद्यालय झाझरमारे ।
. २०३५ सालमा एसएलसी परीक्षा उर्तीण, श्री जनज्योति मावि झाझरमारे
. बिएड सम्मको उच्च शिक्षा पृथ्वीनारायण क्याम्पस पोखरा ।
राजनीतिक जीवन
. २०३७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरी प्रारम्भिक कमिटी संगठित ।
. २०३९ सालमा पृथ्वीनारायण क्याम्पस अनेरास्ववियु प्राकको अध्यक्ष ।
. २०४१ सालमा नेकपा९माले०को पार्टी सदस्यता प्राप्त ।
संगठित कमिटीहरु
. नेकपा एमाले कालिका गाउँ कमिटीको सचिव, इलाका कमिटी इलाका नं।४ कास्कीको सचिव, निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं। १ को सचिव,
. २०४९ सालमा- नेकपा एमाले जिल्ला संगठन कमिटीको सदस्य,
. २०५० सालमा- नेकपा एमाले कास्कीको तेस्रो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला कमिटी सदस्य ।
. २०५३ सालमा- चौथो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला सदस्य साथै निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं। १ कास्कीको सचिव ।
. २०५४ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको उपसचिव, पाचौ जिल्ला अधिवेशनवाट पुन ः उपसचिव
. २०५८ सालदेखि २०६० साल सम्म २ वर्ष जिल्ला कमिटी कास्कीको सचिव ९पार्टी प्रमुख० को जिम्मेवारी ।
. पार्टीको आठौं जिल्ला अधिवेशनवाट अध्यक्षमा निर्वाचित ९२०६६-२०७० साल सम्म अध्यक्षको जिम्मेवारी०
पार्टीकोे हालको जिम्मेवारी
. नेकपा एमाले केन्द्रीय कमिटी वैकल्पिक सदस्य एवं कास्की जिल्ला इन्चार्ज
. प्रदेश संगठन कमिटी प्रदेश नं। ४ को कार्यालय सचिव ।
संसदीय क्षेत्रमा
. २०४९ र २०५४ मा कास्की जिल्ला अन्तर्गत साविक कालिका गाविसको निर्वाचित अध्यक्ष ।
. २०७० सालको दोस्रो संविधानसभामा कास्की निर्वाचन क्षेत्र नं।१ बाट ९२७२० ले पराजित ।
. गाउँ विकास समिति राष्ट्रिय महासंघ नेपालको केन्द्रीय सदस्य तथा सचिवालय सदस्य ।
शैक्षिक क्षेत्रको सेवामा
. २०३६ सालमा रत्नशोभा निमाविमा शिक्षक ।
. २०४१ देखि २०४४ साल सम्म कालिका गाउँ पञ्चायतको बमचन्द्रकला प्राविमा शिक्षक ।
राजनीतिक नियुक्ति
. कास्की जिल्ला सुकुम्वासी समस्या समाधान आयोगको अध्यक्षको जिम्मेवारी ९मात्र तीन महिना० ।
समाजसेवा र विकास निर्माण
. सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान र सेवा पु¥याउँदैं विशेष गरी कास्कीको क्षेत्र नं। १ मा खानेपानी, बाटो, पुल लगायतका विकाससँग जोडिएका योजना र निर्माण सम्बन्धी कार्यमा निरन्तर क्रियाशील विकासवादी नेताको रुपमा आफ्नो पहिचान दिन सफल ।
हिरासत
देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गराउन २०६२÷०६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गरेकै कारण ६२ दिन सम्म हिरासतमा रहेको ।-अन्नपूर्णबाट

