तेह्रथुम।
तेह्रथुम जिल्ला दैवी प्रकोप उद्धार समिति संक्रान्ति बजारका अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ ।
समितिले अग्निपीडितका लागि संकलित ५६ लाखभन्दा बढी रुपैयाँ आगलागी भएको पाँच महिनापछि नगदै वितरण गरेको हो । आगलागीपछि सदरमुकामस्थित नेपाल बैंकमा समितिले संक्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोष खडा गरी राहत सहयोग गर्न आग्रह गरेको थियो ।
सो कोषमा देश–विदेशबाट जम्मा भएको ६२ लाख ३५ हजार १ सय ५८ रुपैयाँमा अग्निपीडित ५४ परिवारलाई क्षतिका आधारमा ५६ लाख ३२ हजार रुपैयाँ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
समितिले घर पूर्ण रुपमा क्षति भएका २० परिवारलाई प्रतिपरिवार १ लाख ७० हजार रुपैयाँ र आफ्नै घरमा व्यवसाय गर्ने ८ परिवारलाई थप ९–९ हजार रुपैयाँ प्रदान गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 135