काठमाडौँ ।
प्रेस चौतारी नेपालले कास्कीका पत्रकार एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेललाई सामाजिक सञ्जालबाट वसन्त कार्कीले ज्यान लिने धम्की दिएकोमा भत्सर्ना गरेको छ ।
समाचार लेखेकै आधारमा पोखरेली महिला पत्रकारहरुलाई उमा सिंह बनाइदिने भनी कार्कीले धम्की दिएपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको छ ।
माछापुच्छ«े गाउँपालिका घाचोक स्थायी घर भई हाल क्यानाडामा बसोबास गर्ने कार्कीले पोखराका महिला पत्रकारलाई निकृष्ट भाषा प्रयोग गर्दै मार्ने धम्की दिएको चौतारीले जनाएको छ ।
कार्कीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई निर्भयतापूर्वक समाचार सङ्कलन र सम्प्रेषणका लागि उचित वातावरण बनाउन चौतारीका महासचिव राजेश राईले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 146