इलाम ।
अविरल वर्षासँगै परेको चट्याङ लागेर आज दिउँसो इलामको देउमाई नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ ।
चट्याङ लागेर देउमाई नगरपालिका–२ निवासी ३० वर्षीया खड्गमाया विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो । घरको आँगनमा उभिरहेको अवस्थामा विष्टलाई करेन्ट लागेको थियो ।
यसैगरी चट्याङ लागेर इलाम नगरपालिका–१ साँखेजुङका आशिष राई घाइते भएका छन् । घरमा बसिरहेका अवस्थामा राईलाई दाँहिने हातमा चट्याङ लागेको प्रहरीले जनाएको छ । घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 134