Aamsanchar

आज नेपाल प्रेस युनियनको स्थापना दिवस र इच्छुक स्मृति दिवस

Author Image
शनिवार, जेठ १३, २०७४

काठमाडौं,

नेपाल प्रेस युनियनले शनिबार २६ औँ स्थापना दिवस मनाउँदैछ । २०४८ सालमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको पहलमा युनियनको स्थापना गरिएको हो ।

प्रजातन्त्रको पुनर्वहालीसंगै पत्रकारिता क्षेत्रमा पनि मिसनबाट ब्यावसायिक बन्न थालेपछि ब्यावसायिक पत्रकारिताको विकास र श्रमजिवी पत्रकारको हितका लागि नेपाल प्रेस युनियन स्थापना भएको युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार रहेका नेता जयप्रकाशप्रसाद गुप्तालाई तदर्थ समितिको अध्यक्ष बनाएर गठन भएको प्रेस युनियनको पहिलो महाधिवेशनले हरि अधिकारीलाई पहिलो अध्यक्ष चयन गरेको थियो ।

स्थापनाको २६ औँ वर्षको अवसरमा यसपटक रजत वर्ष समापन समारोह गर्न लागिएको युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो । ७३ वटा जिल्ला र आठवटा प्रतिष्ठान शाखा रहेको नेपाल प्रेस युनियनमा अहिले ७ हजारभन्दा बढी सदस्य छन् । यो वर्ष बाँकी तीनवटा जिल्लामा पनि शाखा विस्तार गर्ने योजना रहेको महासचिव शिवाकोटीले जानकारी दिनुभयो ।

यस्तै माओवादीका विभिन्न घटक निकट पत्रकारका संस्थाहरुले अशनिबार इच्छुक स्मृति दिवस मनाइरहेका छन् । नेपाल प्रेस सेन्टर क्रात्किारी पत्रकार संघ,  पत्रकार महासंघ र पे्रस सोसाइटीले बिहान काठमाडौंमा प्रभातफेरि आयोजना गरेका छन् ।

बानेश्वरबाट सुरु भएको प्रभातफेरि माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा पत्रकारका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिले कृष्ण सेन इच्छुकको जनपक्षीय पत्रकारिताको सपनालाई पूरा गर्ने बताए । तत्कालिन सरकारले पक्राउ गरि बेपत्ता बनाएका इच्छुकको २०५९ सालको असारमा प्रहरी हिरासतमा ज्यान गएको खबर जनआस्था साप्ताहिकले छापेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर