Aamsanchar

राहसलमा शैक्षिक सामाग्री प्रदान गर्दै कृष्ण सेन स्मृती दिवस मनाइयो ।

Author Image
शनिवार, जेठ १३, २०७४

इलाम, १३ जेठ । प्रेस सेन्टर इलामले राहसल बाल अनाथलयका बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गर्दै १५ औ कृष्ण सेन स्मृती दिवस मनाएको छ । सेन्टरले अनाथलयमा आश्रय लिइरहेका ११ जना बालबालिकाहरुलाई किताव, कापी, फुटबल, खानेकुरा लगायतका सामाग्रीहरु प्रदान गरेका हुन ।

सेन्टरकी उपाध्यक्ष बुद्धमाया सोङमीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । स्मृती दिवसका प्रमुख अतिथी प्रेस सेन्टर प्रदेश नं १ का सचिव सुजन तिम्सिनाले अनाथालयका सचिव राजेन्द्र चौहानलाई सामाग्री हस्तान्तरण गरे । कार्यक्रममा माओवादी केन्द्रका कार्यालय सचिव जीवन शर्मा, माओवादी केन्द्र इलाम नगरका प्रत्यासी प्रवाश शर्मा, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश परियार, सन्धीभक्त शंकर, लगायतको उपस्थिती रहेको थियो । प्रेस सेन्टरले हरेक बर्ष कृष्ण सेनको स्मृतीमा राहसललाई शैक्षिक एवम आर्थिक सहयोग प्रदान गर्दै मनाउने गरेको छ ।

वि.स २०५९ साल जेठ ६ गते गिरफतार गरी त्यसको एक सातापछि जेठ १३ गते चरम यातनापछि सेनको हत्या गरिएको थियो । सोही दिनलाई स्मरण गर्दै क्रान्तिकारी पत्रकारहरुले कृष्ण सेन स्मृती दिवस मनाउदै आएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर