Aamsanchar

निर्वाचनको विरोधमा वीरगञ्जमा दिउँसै निस्कियो मशाल जुलुस

Author Image
शनिवार, जेठ १३, २०७४

वीरगंज, जेठ १३– राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सक्रिय बहिष्कार गर्ने घोषणा गरेपछि मधेसमा आन्दोलन चर्किने संकेत देखिएको छ ।

राजपाले शुक्रबार पत्रकार सम्मेलन गरी बन्द लगायत आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनको पहिलो दिन राजपाले पर्साको सदरमुकाम वीरगञ्जमा शनिवार दिउँसो मशाल जुलुस निकालेको छ ।

घण्टाघरबाट शुरु भएको मसाल जुलुस माइस्थान, आदर्शनगर पुगेर पुनः घण्टाघरमा आई कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेताहरुले सरकारले जबर्जस्ती निर्वाचन गराउन खोजेकाले विरोधमा उत्रिनु परेको बताएका छन् ।

जनसंख्याको आधारमा समानुपातीक समावेशी प्रतिनिधित्व र निर्वाचन क्षेत्र हुनुपर्ने विगतमा सरकारस“ग सहमति गरिएको भएपनि त्यसो नगरी सरकारले निर्वाचनको मिति तोकेकोले चरणबद्ध आन्दोलनको कार्यक्रम शुरु गरिएको राजपाका नेता नेजामुद्धिन समानीले बताए ।

राजपाले घोषणा गरेको आन्दोलन कार्यक्रम अनुसार आइतबार लाठी जुलुस प्रदर्शन गर्ने, सोमवार अन्तरक्र्रिया, निर्वाचन कार्यालय घेराउ गर्ने तथा जेठ १८ र १९ गते मधेश बन्द रहेको छ । साभार : रातोपार्टी

Views: 128

प्रतिक्रिया (०)