Aamsanchar

‘’झापाली समाज यु.ए.ई. ले तिज विशेष कार्यक्रम गर्ने’’

Author Image
आइतवार, जेठ १४, २०७४

भरत शिवाकोटी

[युएई]

एकता, सहयोग र सहकार्यको मुख्य उदेश्यका साथ २ बर्ष पहिले युएईमा स्थापना भएको झापालीहरुको सामाजिक संस्था झापाली समाज यु.ए.ई. ले आगामी तीजको उपलक्ष्यमा बृहत साँस्कृतिक कार्यक्रममा गर्ने भएको छ | चर्चित हाँस्यकलाकार विल्सनविक्रम राई (तक्मे बुढा) र गायक तथा संगीतकार टंक बुढाथोकीको मुख्य प्रस्तुति रहनेउक्त कार्यक्रममा युएईका स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने समाजका प्रवक्ता राम प्रसाद ढुंगेलले जानकारी दिएका छन ।

समाजको केन्द्रीय समितीले गठन गरेको तीज विशेष मूल समितीको २६ मे २०१७ शुक्रबारका दिन बसेको बैठकले आगामी २०१७ अगस्ट २५ तारिख, शुक्रबार अलकुजको डलस्को क्याम्पमा कार्यक्रम गर्ने निर्णय गरेको झापाली समाज यु.ए.ई. का युवा, खेलकुद तथा सांस्कृतिक विभागका संयोजक पारस लामाले जानकारी दिएका छन ।

असहाय बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उदेश्यले आयोजना हुने उक्त कार्यक्रमको नारा ‘’झापाली समाज युएईको नयाँ सोच, असहाय बालबालिकाहरुको शिक्षाका लागि अक्षयकोष’ तय भएको समाजका कार्यवाहक अध्यक्ष मणि सुवेदीले बताएका छन । गत वर्ष पनि सोही उदेश्य राखी समाजले तिज बिशेस भव्य सांगीतिक कार्यक्रम आयोजना गरेको थियो । दस लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेर उक्त कार्यक्रम गरिए पनि कोषमा करिब २ लाख मात्र संकलन भएको र उक्त रकमको लक्ष्यलाई प्राप्त गर्न यसपटक पनि सोहि उदेश्यलाई निरन्तरता दिइएको तीज विशेष सांगीतिक कार्यक्रमका सह-संयोजक जगत लुईटेलले जानकारी दिएका छन् ।

बृहत सांस्कृतिक कार्यक्रमका लागि नेपालबाट एक वा दुई जना गायिकालाई समेत सहभागी गराउने तयारी भइरहेको समितीले जनाएको छ । लोकपप गायक वा गायिका, एक आधुनिक गायक र एक हाँस्यव्यंग्य सबै विधाबाट कलाकार ल्याउने समाजको योजना रहेको बताइएको छ ।

समाजले लिएको लक्ष्यमा सहकार्य गर्ने र युएईको दुबई क्षेत्रले यस कार्यक्रममा उल्लेख्य सहयोग गर्ने समाजका दुबई क्षेत्रीय समितीका अध्यक्ष सनम दंगालले प्रतिक्रिया दिएका छन् । सारजहा क्षेत्रीय अध्यक्ष रामकुमार राउतले कार्यक्रमको सफलताका लागि सारजहाबाट पूर्ण सहयोग हुने र महिला दिदीबहिनीहरुलाई विशेष सहुलियतमा कार्यक्रममा भाग लिनका लागि सहज वातावरण बनाउने जनाएका छन भने अबुधाबी क्षेत्रबाट कार्यक्रममा सधै भन्दा अझै उल्लेख्य सहभागिता हुने जानकारी दिदै क्षेत्रीय समितीका कार्यवाहक अध्यक्ष दुर्योधन कार्कीले कार्यक्रमको सफलताको लागि कुनै कमजोरी नहुने तर्फ ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली चेलीहरुको महान चाडमा रास अल खेमा क्षेत्रबाट पनि लक्ष्यभन्दा धेरै सहभागिता रहने प्रतिबद्धता क्षेत्रीय अध्यक्ष खगेन्द्र बुढाथोकीले प्रचार विभागलाई जानकारी गराएको बताएका छन । युएईका अन्य क्षेत्रबाट समेत झापाली तथा नेपालीहरुको उल्लेख्य सहभागिता हुनेमा आयोजकले प्रचार प्रसारलाई तीव्रता दिने बताइएको छ भने कार्यक्रम सफल बनाउन सबै संघ संस्था,बुद्दिजीवी व्यवसायी लगायत लाई अनुरोध गर्दै उपस्थितिका लागि समाजले युएईमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर