म्याग्दी।
अन्नपूर्ण गाउँपालिका–७ महभिरमा बन्दुकको गोली लागेर एक सिकारीको ज्यान गएको छ ।
हिस्तानको जङ्गल क्षेत्रमा शनिबार राति सिकार खेल्न गएका मालिका गाउँपालिका–२ रुमका ३४ वर्षीय हिरालाल पुनको आफैले बोकेको बन्दुकको गोलीले लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार महभिरस्थित ससुरालीमा बस्दै आएका पुन ढुङ्गामा चिप्लिएर लडेपछि आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा गोली लागेर घाइते भएका थिए ।
घटनाको अनुसन्धानका लागि पुनसँगै सिकार खेल्न गएका अन्नपूर्ण गाउँपालिका–७ महभिरका २० वर्षीय विवेक शेरपुञ्जा र अन्नपूर्ण–१ दोवाका ३४ वर्षीय खुमबहादुर पुर्जालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 147