Aamsanchar

झापाबाट तीन महिला सहित तीस कैदीबन्दी रिहा

Author Image
सोमवार, जेठ १५, २०७४

झापा ।

गणतन्त्र दिवसको अवसर पारेर झापा कारागारमा रहेका तीन महिलासहित ३० जना कैदीबन्दीको कैद मिनाह भएको छ ।
नेपालको संविधानको धारा २७६ बमोजिम चालचलन ठीक भएका बन्दीलाई बाँकी सजाय मिनाहा गरी कारागारबाट रिहा गरिएको जिल्ला कारागार झापाका प्रमुख यज्ञनिधि निरौलाले बताउनुभयो ।

उहाँका अनुसार सवारी ज्यान मुद्धा र कर्तव्य ज्यान मुद्धाका सात – सात जना, वहुविवाह र ज्यान मार्ने उद्योगका पाँच–पाँच जना, वन पैदावर मुद्धामा ४ जना र डाका मुद्धाका २ जना गरी ३० जना कैदीको कैद मिनाह भएको हो ।
जिल्ला कारागार झापामा ७ सय ९२ पुरुष र ८० जना महिला कैदीबन्दी रहेको जिल्ला कारागार झापाका चौकीदार रितुवर्ण नेम्वाङले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर