Aamsanchar

नयाँ बजेट मार्फत घोषणा : ७ वटै प्रदेशमा एक-एकवटा मेगा सिटी बनाइने

Author Image
सोमवार, जेठ १५, २०७४

सरकारले ७ वटै प्रदेशमा एक-एकवटा मेगा सिटी बनाउने भएको छ । व्यवस्थापिका संसदमा आज आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले अब हिमाली शहरको अध्ययन पनि अघि बढाउने घोषणा गरे ।

उनले खाद्य हरियाली शहरलाई निरन्तरता दिइने पनि बताए । निर्माणाधीन तराईको हुलाकी र मध्यपहाडी राजमार्गमा १०-१० वटा नयाँ शहर विकास गर्नबजेट विनियोजन गरिएको छ ।

तराईमा शहर विकासका लागि ११ अर्ब १ करोड रुपैयाँ खर्च गरिने भएको छ । त्यसैगरी गरिब जनताका लागि जनता आवास कार्यक्रम पनि निरन्तर सञ्चालन गरिने भएको छ । यसका लागि २ अर्ब ४४करोड रुपैयाँ छुट्याइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर