Aamsanchar

हतियारसहित दुई पक्राउ

Author Image
सोमवार, जेठ १५, २०७४

सप्तरी ।

दुई छुट्टाछुट्टै स्थानबाट हतियारसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।

छिनन्नमस्ता गाउँपालिकास्थित बिसनपुरकट्टी चोकबाट प्रहरीले एक थान भारतीय पेस्तोल र त्यसमा प्रयोग हुने दुई थान गोलीसहित सोही ठाउँका १९ वर्षीय आदित्य शर्मालाई पक्राउ गरेको छ ।

त्यसैगरी जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चासहित रुपनी ¬¬१ का ३३ वर्षीय मोहमद नसिरलाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिनुभयो । उनलाई राजविराज नगरपालिका–८ बाट नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर