Aamsanchar

१६ ज्येष्ठ अधिकारी बन्धु सम्मानित

Author Image
बुधवार, जेठ १७, २०७४

बिर्तामोड।

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नगर समिति बिर्तामोडको अध्यक्षमा नरेन्द्रकुमार अधिकारी चयन भएका छन् ।
प्रतिष्ठानको बिर्तामोड एकता भेलाले नरेन्द्रकुमारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । गरामनी र बिर्तामोड समितिलाई समायोजन गरी एकता भेलाले नयाँ कार्यसमिति चयन गरेको अध्यक्ष नरेन्द्रले जानकारी दिए ।
समितिको वरिष्ठ उपाध्यक्ष कुवेर अधिकारी, उपाध्यक्ष कमल अधिकारी, वरिष्ठ सचिव तीर्थ अधिकारी, सचिव रामप्रसाद अधिकारी, सहसचिव टीका अधिकारी, कोषाध्यक्ष कृष्ण अधिकारी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा हरि अधिकारी, टीकाराम अधिकारी, नन्दिकेशर अधिकारी, गोकुलप्रसाद अधिकारी, घनश्याम अधिकारी, देवी अधिकारी, नरनाथ अधिकारी, टीकाराम अधिकारी, डिल्ली अधिकारी, लोकनाथ अधिकारी, सुमित्रा अधिकारी, नुमा अधिकारी, खेम अधिकारी, सीता अधिकारी रहेका छन् ।
त्यस्तै गुरुप्रसाद अधिकारीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा रामकृष्ण अधिकारी, रामचन्द्र अधिकारी, गजेन्द्र अधिकारी, उषा अधिकारी, भक्ति अधिकारी, शिवलाल अधिकारी, लीला अधिकारी, टुकेन्द्र अधिकारी, एन्विन्द्र अधिकारी (खत्री), तोया अधिकारी रहेका छन् ।
सोही कार्यक्रममा १६ जना ज्येष्ठ अधिकारी वन्धुहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा इन्द्रप्रसाद अधिकारी, देवीप्रसाद अधिकारी, गुरुप्रसाद अधिकारी, हरिप्रसाद अधिकारी, मनमाया अधिकारी, पवित्रा अधिकारी, हरिबहादुर अधिकारी, हिमादेवी अधिकारी, लीलादेवी अधिकारी, खगेन्द्रराज अधिकारी, पदमलाल अधिकारी, हिमामाया अधिकारी, नरमाया अधिकारी, तुलसादेवी अधिकारी, निलकण्ठ अधिकारी र भद्रिका अधिकारी रहेका छन् ।
बिर्तामोड नगर समिति अध्यक्ष नरेन्द्रकुमार अधिकारीको अध्यक्षता तथा प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापा जिल्ला अध्यक्ष चिरञ्जिवी अधिकारी, केन्द्रीय महासचिव रत्नबहादुर अधिकारी, केन्द्रीय सहसचिव  शेखर अधिकारी, केन्द्रीय सदस्य गंगा अधिकारी, अञ्जना अधिकारी, रामप्रसाद अधिकारी, जिल्ला सहसचिव मोहन अधिकारी, कोषाध्यक्ष राजन अधिकारी, निवर्तनमा बिर्तामोड अध्यक्ष गुरुप्रसाद अधिकारी, गरामनी अध्यक्ष कुवेर अधिकारी, सचिव रामप्रसाद अधिकारी, जिल्ला सदस्य सपना अधिकारी, कानूनी सल्लाहकार जीवन अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा उभौली गोठधुप समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन टीका अधिकारी र तीर्थ अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर