Aamsanchar

अनाथ बालबालिकासँग जन्मदिन

Author Image
बुधवार, जेठ १७, २०७४

दमक।

पछिल्लो समय आफ्नो जन्मदिन फरक तरिकाले मनाउनेको संख्या बढ्दै गएको छ । जन्मदिनका अवसरमा हुने फजुल खर्चलाई कम गर्दै जन्मदिन मनाउनेको संख्या बढ्दै गएको हो ।
त्यसमा पनि पछिल्लो समय जन्मदिनका दिन असाह्य तथा विभिन्न संघ–संस्थालाई सहयोग गरेर जन्मदिन मनाउनेको संख्या ह्वातै बढेको छ । झापाको दमकमा रहेका विभिन्न सामाजिक व्यक्तित्वहरुले आफ्नो जन्म दिनमा नजिकै रहेको मोरङको उर्लाबारीको नमुना बाल गृहलाई सहयोग गर्दै त्यहाँका बालबच्चासँग आफ्नो जन्मदिन मनाउनेको संख्या बढेको छ ।
सोहीक्रममा जन्मदिनको अवसर पारेर  झापा, दमक–९ की दुर्गादेवी काफ्लेले उर्लाबारीको नमूना बालगृहलाई ३० हजार मूल्य बराबरको सहयोग गरेकी छन् । काफ्लेले बालगृहमा पुगेर बाल गृहकी अध्यक्ष मीना बराललाई लत्ताकपडासहित खाद्यसामग्री हस्तान्तरण गरेकी थिइन् । दमकको पाणिनी माध्यमिक विद्यालयकी शिक्षिका समेत रहेकी काफ्लेले आफनो ४१औं जन्मदिन मनाउँदै बालगृहलाई तन्ना, चिनी, मिठाई, मैदा लगायतका खाद्य सामग्रीहरु हस्तान्तरण गरेकी थिइन् ।
सहयोग हस्तान्तरण गर्दै उनले भनिन्– ‘मीनाजीले गर्नुभएको यो काम सराहनीय छ, जो कोहीले यस्तो काम नै गर्न सक्दैन, हामी सबैले यसरी सहयोग गर्न जरुरी पनि छ, हामीले जन्मदिन मनाउने बहानामा धेरै खर्च गर्छौं तर यसरी सहयोग गर्यौं भने कसैको छाक त टर्छ ।’ सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै बालगृहकी अध्यक्ष मीना बरालले यस्तो सहयोगले आफूहरुलाई धेरै मद्दत पुगेको बताइन् ।
उनले भनिन्– ‘हामीले यो कुनै एनजिओबाट चलाएका होइनौं मैले सानोमा भोगेको पीडा सम्झेर अनाथ बालबालिकालाई राख्नका लागि सञ्चालन गरेको हूँ, हामीलाई यहाँ व्यवस्थापन गर्न धेरै गाह्रो छ, यस्ता सहयोगले हामीलाई धेरै सहज हुन्छ ।’ बालगृहमा अहिले ४५ जना अनाथ बालबालिका आश्रित रहेको उनले बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर