Aamsanchar

किशोरीहरुको एयर होस्टेजमा आकर्षण बढ्दै

Author Image
बुधवार, जेठ १७, २०७४

बिर्तामोड।

पछिल्लो समय नेपाली किशोरीहरुको एयर होस्टेजमा आकर्षण बढ्दै गएको छ । पढाइपछि तुरुन्तै रोजगारी पाइने भएकोले नेपाली किशोरीहरुको त्यसप्रति आकर्षण बढ्दै गएको हो ।
यिनै विषयलाई मध्यनजर गर्दै काठमाडौंस्थित नर्दन लाइट एकाडेमी अफ एभिएसन एण्ड टेक्नोलोजीले एयर होस्टेज र एयरपोर्ट ग्राउण्ड हेण्डलिङ सम्बन्धी अध्ययन शुरु गरेको छ । हवाई क्षेत्रसँग सम्बन्धित एयर होस्टेज, एयरपोर्ट ग्राउण्ड हेन्डलिङ लगायतका विषय अध्ययन गर्न विदेशी रहनु परेको यथार्थलाई मध्यनजर गर्दैै नेपालमै कलेजको स्थापना गरी अध्यापन शुरु गरिएको नर्दन लाईट एकेडेमी अफ एभियसन एण्ड टेक्नोलोजीका प्रबन्ध निर्देशक राकेश सञ्जेलले बताए ।
अन्तर्राष्ट्रिय बजारमा दक्ष जनशक्तिको माग बढ्दै गएको हुँदा एभिएसन शिक्षातर्फ विद्यार्थीको आकर्षण पनि दिन प्रतिदिन बढ्दै गएको कुरालाई मध्यनजर गर्दै कलेजले बेलायतको व्यवसायिक तथा प्राविधिक तालिम प्रदायक संस्था सिटी एण्ड गिल्ड्सको सम्बन्धनमा एभिएसन तालिम अन्तर्गतका एयर होस्टेज र एयरपोर्ट ग्राउण्ड हेण्डलिङ कक्षाहरु शुरु गरेको उनले बताए ।
नेपालमा पहिलो पटक एकाडेमीक कोर्षको रुपमा एभिएसन शिक्षा शुरु गरेको कलेजले बजारको माग अनुरुप विमान परिचारिका, विमानस्थल ग्राउण्ड हेण्डलिङ गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने कलेजका प्रबन्ध निर्देशक सञ्जेलले जानकारी दिए । नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय विमान स्थल तथा विमान कम्पनीको संख्या थपिनेक्रममा रहेकोले पनि उड्डयन क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको मागलाई धान्न एयर होस्टेज र एयरपोर्ट ग्राउण्ड हेण्डलिङको कक्षा शुरु गरिएको उनले बताए ।
उनले कलेजमा एयर होस्टेजका लागि ३६० घण्टा क्रेडिट आवरको कोर्ष पढ्न सकिने र एयरपोर्ट ग्राउण्ड हेण्डलिङ तर्फ विद्यार्थीले लेभल २ अन्तर्गत ३१० घण्टा क्रेडिट आवरको कोर्ष ६ महिनाभित्र पढ्न सकिने बताए ।
एसईई र मावि तह उत्तीर्ण गरेका र परीक्षा दिएर बसेका विद्यार्थीहरु कलेजमा भर्ना हुनसक्ने उनले बताए । प्यासेन्जरलाई सर्भिस दिने विषय भएकाले विद्यार्थीले प्रयोगात्मक कक्षामार्फत नै धेरैभन्दा धेरै ज्ञान बटुल्न सक्ने बताउँदै उनले कलेजले विभिन्न अन्तर्राष्ट्रिय शिक्षण संस्थाहरुसँग सहकार्य गरी पाइलटीफेम कोर्ष पढ्न चाहने विद्यार्थीका लागि आवश्यक जानकारी तथा सहयोग प्रदान गर्दै आएको बताए ।

‘नर्दनमा एभिएसन सम्बन्धी शिक्षा’

हामीले एभिएसन सम्बन्धी प्राविधिक कोर्ष सञ्चालन गरेका छौं, जुन एकाडेमिक कोर्ष सरह नै मान्यता प्राप्त छ । हामीले एयर क्याविनक्रियू र एरयपोर्ट ग्राउण्ड अपरेसन जस्ता दुईवटा कोर्ष नेपालमा सञ्चालन गर्न लागेका हौं ।
हामीले बेलायतको सिटी एण्ड गिल्डसको सम्बन्धनमा यो कार्यक्रम सञ्चालन गरेकाले विद्यार्थी पढाईसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनाको प्राक्टिकल गर्न सक्छन् । हामीले विद्यार्थीका लागि ल्याव, लाईवे्ररी, प्राक्टिकल एक्पोजर बाहिरबाट आउने विद्यार्थीका लागि होस्टेलको व्यवस्था पनि गरेका छांै ।
यो कोर्ष अध्ययनपश्चात अहिले वेरोजगार बस्नुपर्ने अवस्था छैन । रोजगारीका लागि भने कक्षा १२ उत्र्तीण गरेका तथा परीक्षा दिएर बसेका विद्यार्थीले निश्चित समयको तालिम पूरा गरी सकेपछि नेपालमा मात्र नभई युरोपियन तथा विभिन्न ८२ भन्दा बढी मुलुकका बायुसेवा कम्पनीहरुमा काम पाउन सक्छन् ।
हामीले प्रदान गर्ने दुबै कोर्षको सम्पूर्ण परीक्षादेखि लिएर प्रमाणपत्र वितरण समेत बेलायतस्थित सिटी एण्ड गिल्डसले नै प्रदान गर्नेछ । जुन परीक्षा उत्तीर्ण गरिसकेपछि विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमा काम पाउने वा क्रेडीट ट्रान्स्फर गरी युके, अस्टे«लिया तथा विभिन्न युरोपियन मुलुकमा माथिल्लो लेभलको शिक्षा हासिल गर्न जान पाउने छन् ।
हामीसँग सिटी एण्ड गील्डसबाट मान्यता प्राप्त, पुराना र अनुभवी शिक्षकहरु रहेका छन् । एभिएसन सम्बन्धी व्यवसायीक शिक्षा लिन वर्षमा दुईपटक विद्यार्थीले भर्नाका लागि आवेदन दिन सक्नेछन् । विश्वका ८२ भन्दा बढी मुलुकमा यस्ता इन्स्टिच्युटहरु सञ्चालनमा छन् ।
यो शिक्षा अन्तर्राष्ट्रिय बजारमा लक्षित भएकाले विद्यार्थीहरुलाई सम्बन्धित विषयमा बाहेक इसोल इङ्लिस फर स्पिकर अथवा अन्य भाषा तथा वर्क प्लेस सिल्क सम्बन्धी दुईवटा अन्तर्राष्ट्रिय सम्बन्धनका बिषयमा पनि अनिवार्य रुपमा प्रशिक्षण गराउनुका साथै कार्यक्षेत्रमा प्रस्तुत गर्ने हस्पिटालिटीको बारेमा पनि तालीम प्रदान गर्नेछौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर