Aamsanchar

एलइडी बल्ब खरिद गर्न कुलमानलाई बाटो खुलाई दियो सर्वोच्चले

Author Image
बुधवार, जेठ १७, २०७४

नेपाल विद्युत प्राधिकरणलाई एलइडी बल्ब खरिद गर्न पाउने बाटो खुलेको छ । सार्वजनिक खरिद ऐनका विरुद्ध विद्युत प्राधिकरणले सोझै बल्ब किन्न लागेको भन्दै सो निर्णयलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो।

सर्वोच्चले उक्त रिटमा अन्तरिम आदेश दिन नमिल्ने बताएपछि विद्युत प्राधिकरणलाई बल्ब खरिदको बाटो खुलेको हो।अधिवक्ता नारायण चौलागाईं र लेखनाथ भट्टराईले सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

तर बुधवार न्यायाधीशद्वय दीपकराज जोशी र मिरा खड्काको संयुक्त इजालसले एलइडी बल्व खरिद प्रक्रिया रोक्न माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश दिन नपर्ने आदेश गरेको छ।

विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको योजना अनुसार नेपाल सरकारले सोझै भारत सरकारसँग एलइडी बल्ब खरिद गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)