Aamsanchar

घरेलु बन्दुक संकलन अभियान सुरु

Author Image
बिहिवार, जेठ १८, २०७४

धनकुटा ।

स्थानीय तहको निर्वाचनलाई भयरहीत बनाउने भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले इजाजत प्राप्त घरेलु बन्दुक संकलन अभियान थालेको छ ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना गरेर व्यक्तिगत दर्ता प्राप्त बन्दुक आफूलाइ पायक पर्ने प्रहरी युनिटमा बुझाउन निर्देशन दिएको हो ।

प्रशासनको निर्देशनबमोजिम हालसम्म धनकुटामा जम्मा ४ वटा भरुवा बन्दुक मात्रै फिर्ता भएका छन् । स्थानीय तह निर्वाचनका समयमा हतियारको गलत प्रयोग हुन सक्ने भएकाले फिर्ता मागिएको प्रशासनले जनाएको छ ।

हतियार बुझाउन गरिएको निर्देशनलाई अटेर गरेमा हातहतियार तथा खरखजना ऐन अनुसार कारबाही गर्ने चेतावनी कार्यालयले दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर