Aamsanchar

वसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Author Image
बिहिवार, जेठ १८, २०७४

झापा ।

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको शिवसताक्षी नगरपालिकाको झिलझिले सडक खण्डमा आज साँझ यात्रुवहाक वसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार पूर्वबाट पश्चिम तर्फ गइरहेको मे ४ प ८६३२ नम्वरको मोटरसाइकललाई सोही दिसा तर्फ गइरहेको को १ ख ४२७७ नक्वरको यात्रुवहाक वसले ठक्कर दिदा शिवसताक्षी – ११ घर भएका मोटरसाइकल चलक शान्तिराम उप्रेतीको मृत्यु भएको हो ।

वसको ठक्करबाट गम्भीर घइते बनेका उप्रेतीलाई बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारका लागि ल्याएपनि उनको अस्पताल ल्याए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।
वस र वस चालकलाई इलाका प्रहरी कार्यालय झिलझिले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर