Aamsanchar

जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

Author Image
शुक्रवार, जेठ १९, २०७४

दमक :

जंगली हात्तीको आक्रमणबाट शुक्रबार झापामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका– ४ का रथी मेचे रहेका छन्। उनको हल्दिबारीस्थित चौकीबिराम हरियाली सामुदायिक वनमा हात्तीले कुल्चिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले बताए।

बिहान ३ बजेतिर जंगलमा च्याउ खोज्न जाँदै गर्दा उनलाई हात्तीले कुल्चिएको थियो।

Views: 129

प्रतिक्रिया (०)