Aamsanchar

निजी विद्यालयलाई मान्यता नदिइएकोमा आपत्ति

Author Image
सोमवार, जेठ २२, २०७४

काठमाडौँ ।

निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको दुई संस्थाले सरकारले ल्याएको शिक्षा नियमावली–२०७३ मा निजी (संस्थागत) विद्यालयलाई मान्यता नदिइएको भन्दै आपत्ति जनाएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) ले आज यहाँ पत्रकार सम्मेलन गरी नियमावलीको मस्यौदामा आफूहरूले दिएका सुझाव समावेश नगरिएकाले यसका विरुद्ध आन्दोलनमा जाने जनाएको छ ।

शुल्क लिनका लागि विगत १५ बर्ष अघि तय गरिएको विधि अवैज्ञानिक भएको र व्यक्तिको सम्पत्ति बेच्न, सट्टापट्टा गर्न तथा थपघट गर्न समेत मन्त्रालयको स्वीकृति लिनुपर्ने प्राबधान सङ्घीयतासँग मेल नखाने ती संस्थाको दाबी छ ।

प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे र एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले जारी गरेको संयुक्त विज्ञप्तिमा १५ दिनभित्र आफ्ना माग सम्बोधन नभए आन्दोलनमा जाने उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर