Aamsanchar

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालयमा चार दिन बिदा

Author Image
सोमवार, जेठ २२, २०७४

कञ्चनपुर ।

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिनका लागि बन्द गरिएको छ ।
गर्मीका कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने, सुत्ने, रिङ्गटा लाग्ने र विद्यालय जानसमेत निकै सास्ती हुन थालेपछि आज जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा बसेको बैठकले सामुदायिक र संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको हो ।

जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत रुपराम तिरुवाका अनुसार वार्षिक अधिकतम ५० दिन हिउँदे, बर्खे र स्थानीय बिदाबाट मिलान हुने गरी जेठ २३ देखि २६ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरिएकोे छ ।

बैठकमा जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्ट, विद्यार्थी सङ्गठनका प्रतिनिधि, शिक्षक सङ्गठनका प्रतिनिधिलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर