Aamsanchar

शिवसताक्षीको टोपलाल बस्तीमा बाढी आएपछि…

Author Image
सोमवार, जेठ २२, २०७४

[शान्तिराम बस्नेत]
शिवसताक्षी,


वर्षात् शुरु हुनुभन्दा पहिला समुदायमा बाढी पूर्व सूचना र वचाऊ कार्यको नमूना पूर्वाभ्यास शिवसताक्षी ७ को टोपलाल बस्तीमा सम्पन्न भएको छ ।
५० घरपरिवार रहेको उक्त बस्तीका १० ज्येष्ठ नागरिक, ४० बालबालिकाहरु, ५ अशक्त तथा ४ गर्भवती महिलाहरु समेत उक्त पूर्वाभ्यासमा बाढीको समयमा आफूले अपनाउनु पर्ने सावधानीका विषयमा पूर्वाभ्यास गर्न आइपुगेका थिए ।
पूर्व सूचना आएपछि गर्नुपर्ने तयारी, नदीको जोखिममा बसोबास गरेका स्थानीयहरुबाटै बनाइएका सूचना कार्यदल, खोज तथा उद्दार कार्यदल, स्वास्थ्य कार्यदल र राहत कार्यदलले गर्नुपर्ने जिम्मेवारी बारेमा उनीहरुलाई अभ्यास गराइएको थियो ।
विश्व वातावरण दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी झापा र प्राक्टिल एक्सनको साझेदारीमा सञ्चालन भइरहेको पूर्ण सूचना प्रणाली अन्तर्गत कृत्रिम घटना कनकाई नदीको उच्च जोखिममा परेका वस्तीहरु शिवसताक्षी नपाको वडा नं. १० सुकुम्बासी बस्ती, शिवसताक्षी–६ को शिवगञ्जस्थित पुरानो बजार, शिवसताक्षी ३ को किच्चकडाँगी, .महाभाराको बिर्खे बस्ती र होकलबारी लगायत कनकाई नदीको बाढीको उच्च जोखिममा बसोबास गर्ने कनकाई नदी पूर्व र पश्चिमका १५ वटा समुदायका स्थानीयहरुलाई एउटै समयमा एउटै खाले अभ्यास गराइएको रेडक्रसकर्मी बद्री खवासले जानकारी दिएका छन् ।
पूर्व सूचना आएपछि गर्नुपर्ने तयारी अभ्यास कार्य अनुगमन गर्न नेपाल रेडक्रस सोसाइटी, झापा उपशाखाका अध्यक्ष लोकराज ढकाल, पूर्व सूचना प्रणालीका फोकल पर्सन चन्द्र प्रसाद चुडाल, पूर्व क्षेत्रीय अञ्चल हावापानी कार्यालय, धरानका मुकेश शिल्पकार, कोशी बेसीन कार्यालय, बिराटनगरकी सृजना शाह, शिवगञ्ज इलाका प्रहरी कार्यालयका राजन खड्का, सताक्षी प्रेस क्लबका अध्यक्ष छबिलाल दवाडी लगायत सरोकारवालाहरुको कृत्रिम अभ्यासमा उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर