Aamsanchar

एकै चोटी तीन वटा शल्यक्रिया गरेर ओमसाईले बचाए गर्भवती महिलाको ज्यान

Author Image
बिहिवार, जेठ २५, २०७४

भद्रपुर ।

बिरामीका आफन्तले आश मारिसकेका एक गर्भवती महिलाको अति जटिल शल्यक्रिया गरेर ओम साई पाथिभरा हस्पिटल भद्रपुरले नयाँ जिवन दिएका छन् ।

झापा कचनकवल गाउपालिका ७ साविक बालुवाडी बस्ने २२ बर्षिय गीता अधिकारीको एकै चोटी तीन वटा शल्यक्रिया गरेर ओम साईले नयाँ जिवन दिएको हो । ओमसाईका कन्र्सलटेण्ट ल्याप्रोस्कोपिक सर्जन डा. शशिकुमार सिह र गाइनोलोजिष्ट डा. सुमन सिहले ६ घण्टा लामो शल्यक्रिया गरेर गर्भवती महिला गीताको ज्यान बचाउन सफल भएको हस्पिटलका सञ्चालक बालकृष्ण पोखरेल (साईराम)ले बताए ।

एकै पटकमा तीन वटा शल्यक्रिया गरेको घटना यस हस्पिटलमा पहिलो घटना भएको सञ्चालक पोखरेलको बताए । यस्ता किसिमका घटनाका बिरामी न्युन मात्र बाच्ने गरेकोमा हामीले उनलाई बचाउन सकेको अनुभव उनले सनाए ।

सर्जन डा. शशि र गाइनो डा. सुमनले ती महिलाको सानो आन्द्रा कुहिएको, मृतक शिशु निकालेको र पाठेघर गरी तीन वटा शल्यक्रिया गरेका हुन् ।

डा. शशिकुमारले दिएको जानकारी अनुसार ७ महिना गर्भवती रहेकी ती महिलाको बच्चा गर्भमै मृत्यु भइसकेपछि मेची अञ्चल अस्पतालले आमाको ज्यान खतरामा छ, भन्दै रेर्फर गरिदिएका थिए । मेचीले रेर्फर गरेपछि विरामीलाई लिएर उनका आफन्तजन ओमसाई आएका थिए । ओमसाईका चिकित्सकले पनि ती महिलालाई रेर्फर गर्न मनस्थितीमा पुगिसकेका थिए । तर, बिरामीको अवस्था अति गम्भिर र अन्यत्र पठाएमा बाटैमा मुत्यु हुने अवस्था देखेएपछि आफन्तको अनुरोधमा उनको उपचार सुरु गरेको थियो ।

उपचारको क्रममा मृतक शिशुलाई शल्यक्रिया गरेर बाहिर निकालेको, रगत जमेर कालो भइसकेको कुहिसकेको सानो आन्द्रा बाहिर निकालेको र पाठेघरमा पनि समस्या देखिएपछि पाठेघरको शल्यक्रिया गरेर महिलालाई बचाइएको डा. शशिले बताए । उनका अनुसार हजारौ तथा लाखौ बिरामी मात्र यस्ता घटना देखा पर्दछ । यस्ता घटनाका सय जना विरामी मध्ये २० जनालाई मात्र चिकित्सकले बचाउन सक्छ ।

हामीले ६ घण्टा लगाएर सफल शल्यक्रिया गरेर उनलाई बचाएका हौ, डा शशिले बताए । हाल बिरामीको अवस्था सामान्य रहेको र केही दिनमा घर पठाइदिने हस्पिटलले जनाएको छ ।

Views: 163

प्रतिक्रिया (०)