काठमाडौँ ।
लोकसेवा आयोगले विभिन्न कार्यक्रम गरी असार १ गते ६७ औँ वार्षिकोत्सव मनाउने भएको छ ।
‘लोकसेवा आयोगको प्रतिबद्धता, योग्यता, निष्पक्षता र समावेशिता’, ‘लोकसेवा आयोगको दृढ अठोट, स्वच्छ, निष्पक्ष र प्रतिस्पर्धात्मक छनोट’ र ‘लोकसेवा आयोगको अग्रगामी सोच, आधुनिक परीक्षण प्रविधिको प्रयोगबाट योग्यतम् व्यक्तिको छनोट’ भन्ने तीन वटा नाराका साथ असार १ गते ६७ औँ वार्षिकोत्सव मनाउन लागिएको हो ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित आयोगको ६७ औँ वार्षिकोत्सवसम्बन्धी कार्यक्रममा सचिव महेन्द्रमान गुरुङले आयोगको वार्षिकोत्सव कार्यक्रमको प्रचारप्रसारमा मन्त्रालयका तर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 118