खुदुनाबारी,
नेकपा एमाले अर्जुनधारा नगर कमिटिले ११ वटै वडामा तालिका अनुसार तोके बमोजिम कार्यक्रम तय गर्ने निर्देशन गरेको छ ।
चुनाव प्रचार प्रसार समितिका संयोजक बृख प्रधानको अध्यक्षतामा बसेको बैठकले वडामा तोके बमोजिमको काम गर्ने निर्देशन दिइएको हो ।
जसमा सबै वडाहरुमा निर्वाचन परिचालनका लागि पार्टी कमिटिको बैठक परिचालन कमिटि,आर्थीक समिति गठन,घरदैलो कार्यक्रम निरन्तरता दिने निर्णय गरेको छ ।
त्यस्तै केही वडाहरुमा उम्मेद्धार चयनमा ढिलासुस्तीले निर्वाचनमा प्रचार प्रसारमा समस्या देखापरेको बैठकमा समिक्षा भएको थियो । तत्काल उम्मेद्धारहरुको अधिकारीक नाम घोषणा गर्नुपर्ने अवस्था जनाएको छ ।
त्यस्तै वडाहरुमा उम्मेद्धार सहित पार्टी सदस्यहरुबाट आर्थीक श्रोत जुटाइएको तर केही वडाहरुमा आर्थिक परिचालन कमजोर भएको हुँदा प्रचार अभियानमा प्रभावित भएको बताइएको छ । प्रचार प्रसार सामाग्री पर्याप्त नभएको जनाइएको छ ।
त्यस्तै सबै वडाहरुमा आन्तरिक एकता र मेहनतको बलमा चुनाव जिप्ने अवस्था देखिएको जनाइएको छ । त्यस्तै आर्थिक स्रोत कम भएको वडाहरुमा ध्यान दिनु पर्ने बैठकले ठहर गरेको छ ।
पार्टीले गर्ने घरदैलो कार्यक्रम अन्तर्गत प्रत्येक वडामा १ दिन गर्ने र जेष्ठ ३१ गते सम्म ११ वटा वडाहरुमा सम्पन्न गर्ने निर्णय गरेको संयोजक प्रधानले बताए । घरदैलो कार्यक्रमको तयारी वडाले नै गर्नुपर्ने सहित खाना,पानी र खाजाको प्रबन्ध समेत जुटाउनु पर्ने निर्णय गरिएको बताइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 135