काठमाडौं।
माओवादी केन्द्रका तर्फबाट पहिलो चरणमा मन्त्री बनाइएको सूचीमा आफ्नो गुटका सांसदहरू नपरेपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् ।
बुधबार करिव एघार बजे मध्य राति ट्वीट गर्दै नेता श्रेष्ठले पार्टीका तर्फबाट सरकारमा पठाइएका नाममा घुमाउरो शैलीमा असहमति जनाएका हुन् । श्रेष्ठले भनेका छन्, ‘राजनीतिलाई फोहोरी खेल बनाउनु हुँदैन ।’
‘राजनीतिलाई सत्ताको फोहोरी खेल नै बनाइरहने हो भने यत्रो बलिदान र परिवर्तनको के अर्थ ? अनि हामी राजनीतिमा रहिरहनुको पनि के अर्थ रहन्छ र ? बदलौं’, श्रेष्ठले ट्वीट गर्दै भनेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृष्णबहादुर महराको नेतृत्वमा शेरबहादुर देउवाको सरकारमा सहभागी हुने निर्णय गराएका थिए । यो निर्णय श्रेष्ठलाई पटक्कै मन परेको थिए । अझ् आफू निकटका सांसद मन्त्रीको सूचीमा नपरेपछि श्रेष्ठ आगो भएका छन् ।
माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट्र, जनार्दन शर्मा गृह र प्रभु साहले बिनाविभागीय मन्त्रीको सपथ लिइसकेको छन् ।
वरिष्ठ नेता श्रेष्ठ आफू निकट सांसद गिरिराजमणि पोखरेलको नेतृत्वमा सरकारमा नयाँ टिम पठाउनुपर्ने अडानमा थिए । श्रेष्ठ समूहलाई रोक्न प्रचण्डले महरा र शर्मालाई देउवाको क्याविनेटमा दोहो¥याएको स्रोतको भनाइ छ ।दैनिक नेपाल