Aamsanchar

तामाको भाडामा भुलेर पनि नराख्नुस् यी चिज, विष हुन्छन्

Author Image
बिहिवार, जेठ २५, २०७४

एजेन्सी ।

हामीले तामाको भाडोमा राखेको पानी प्रयोग गरेमा कतिपय रोग नलाग्ने भन्ने कुरा सन्दै आएका छौं । तर, कतिपय चिजहरु तामाको भाडामा राखेको खानेकुरा खाएमा स्वास्थ्यका लागि निकै हानिकार कुने गर्छ । जुन चिजले विषको काम पनि गर्छ ।

कुन–कुन चिज तामाको भाडामा राख्नुहुन्न भन्ने बारेमा जानिराखौंः

अचार

अचार तामाको भाडामा कहिलै पनि राख्नुहुन्न । अचारमा भएको तत्व कपर पोइजनिङ्गमा परिणत हुन्छ, जसको प्रयोगले स्वास्थ्यलाई हानी गर्छ ।

दही

दहीलाई तामो भाडामा राखेमा त्यसमा भउको पोषक तत्व उल्टै विषमा परिणत हुन्छ । जसको सेवनले मानिसलाई रिएक्सन गर्छ ।

दूध

दुध तामाको भाडामा राख्दा दही जस्तै दुधमा भएको पोषक तत्व विषमा परिणत हुन्छ । यसको सेवन गर्दा मानिसलाई बमेट हुने, झाडापखाला, पेट दुख्ने गायतका समस्या हुन्छन् ।

लेमन जूस

लेमन जूस पनि तामाको भाडामा राख्नुहुन्न । यसमा भएको एसिड तामाुंग मिले रिएक्ट हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसको प्रयोगले ग्याष्टिक, पेट दुख्ने समस्या पैदा हुन्छ ।

अमिलो खालका खानेकुरा

अमिलो खालका फलफुल, तरकारी लगायतका चिजहरु तामाको भाडामा राख्नुहुन्न । यसरी तामाको भाडामा राखेको खाएमा कमजोर भइने, अल्छी लाग्ने, रिङ्गटा लाग्ने र बेहोस हुने समस्या हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर