Aamsanchar

किशोरी बलात्कार गरेको आरोपमा मगर पक्राउ

Author Image
बिहिवार, जेठ २५, २०७४

उदयपुर ।

राति सुतिरहेकीे एक किशोरीलाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्लाको बेलका नगरपालिका–६ बबला बस्ने २५ वर्षीय रामकुमार मगरलाई पक्राउ गरिएको छ ।

मगरलाई किशोरी बलात्कार गरेको आरोपमा आज बिहानै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । बुधबार राति मगरले किशोरीको घरमा गएर जबर्जस्ती करणी गरेको पीडित किशोरीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।

किशोरीले छिमेकीलाई हारगुहार गरेर कराएपछि मगर फरार भएका थिए । प्रहरीमा आज बिहानै खबर आएपछि मगरलाई खोजी गरेर पक्राउ गरिएको इप्रकाका प्रमुख सुबास राईले बताउनुभयो । पीडित युवतीलाई उपचारका लागि बिपी मेमोरियल अस्पताल सुनसरी लगिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर