Aamsanchar

इँट्टा उद्योगमै बालबालिकालाई शिक्षा

Author Image
शुक्रवार, जेठ २६, २०७४

मोरङ।

इँट्टा उद्योगमा कार्यरत मजदुरका १४१ बालबालिकाले बालविकास केन्द्रबाट औपचारिक शिक्षा लिएका छन् ।
बेटर ब्रिक–नेपाल परियोजनाले दर्वेसास्थित आनन्द इँट्टा र मोतिपुरको ‘५५५ इँट्टा उद्योग’ मा कार्यरत मजदुरका बालबालिकाले शिक्षा लिएका हुन् ।
परियोजनाका फिल्ड कोर्डिनेटर सुनिता ताम्राकारका अनुसार जिल्लाको बहुसङ्ख्यक इँट्टा उद्योगमा कार्यरत ९० प्रतिशत भारतबाट आएका कामदार र बाँकी १० प्रतिशत मात्र नेपाली कामदार कार्यरत छन् ।
उहाँले भन्नुभयो, “भाषाको कारण बङ्गाली शिक्षक पाएको छैन जसबाट साना बालबालिका शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था सृजना भएको छ ।’ सो उद्योगमा ३१० पुरुष, २०३ महिला र ३७ जना किशोर अवस्थाका कामदार रहेको कार्यरत रहेको परियोजनाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर