Aamsanchar

धर्मकाय बुद्ध मण्डला निर्माण हुने

Author Image
शुक्रवार, जेठ २६, २०७४

पोखरा ।

कास्कीको पोखरा– लेखनाथ महानगरपालिका– ११ काहुँडाँडामा निर्माण गरिने धर्मकाय वुद्ध मण्डला स्थलमा आज भूमि पूजा गरियो ।

धर्मकाय वुद्ध मण्डला निर्माण समितिद्वारा आयोजित एक समारोहबीच धर्मोदय सभाका अध्यक्ष एव्म बुद्ध मण्डलाका संरक्षक सोङपा रिम्पोछेले भूमि पूजा गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

छ रोपनी जमिनमा निर्माण हुने बुद्ध मण्डलामा ८० मिटर अग्लो बुद्धको मूर्ति, ठूलो ध्यान केन्द्र, छात्रावास, सङ्ग्राहालय, अतिथि गृह, चारवटा कुनामा स्तुपा, पुस्तकालय र बगैँचा निर्माण गरिने निर्माण समितिका सचिव राजबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँकाअनुसार मण्डला निर्माणका लागि झन्डै एक अर्ब भन्दा बढी खर्च लाग्ने र यसका लागि स्वदेश तथा विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीबाट सहयोग आउने क्रम जारिरहेको छ ।

समितिका अध्यक्ष रुद्रकुमारी गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर