Aamsanchar

अवैध यौनधन्धामा संलग्न पक्राउ

Author Image
शुक्रवार, जेठ २६, २०७४

झापा ।


मेची अञ्चलकै प्रमुख ब्यपारिक केन्द्रको रुपमा विकसित हुदै गएको झापाको विर्तामोड पछिल्लो समय भारतीय नागरिकको यौन प्यास मेट्ने केन्द्रको रुपमा रहन थालेको छ ।
प्रहरीले विर्तामोडका होटलबाट धमाधम अवैध यौनधन्धामा संलग्न भएको भन्दै भारतीय नागरिकलाई पक्राउ गर्न थालेपछि भारतीयहरुको यौन प्यास मेट्ने केन्द्रको रुपमा विर्तामोड विकसित हुन थालेको रहस्य खुलासा भएको छ । प्रहरीले शुक्रबार मात्रै ३ भारतीय सहित ४ पुरुष र ४ महिलालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरिक्षक केशवकुमार थेवेले जानकारी दिए ।
उनका अनुसार विर्तामोड नगरपालिका–१ म रहेको सिपि होटल र अर्जुनधारा नगरपालिका–११ नयाँ बस पार्कमा रहेको मनिला होटल एण्ड लजबाट दिउँसै अनैतिक यौन सम्पर्क गरिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
अधिकांश भारतीयहरु ४० वर्ष माथि उमेर समुहका रहेको प्रहरीको भनाई छ । स्थानीय निकायको निर्वाचनमा प्रहरीको ध्यान केन्द्रित भएको बेला होटलहरुमा यौन धन्धा चलाउने क्रम बढेको जानकारी प्रप्त भएपछि छापा मारेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर