Aamsanchar

ढुङ्गा प्रहारबाट हत्या

Author Image
शनिवार, जेठ २७, २०७४

पाँचथर ।

फिदिम–१२ भोटेगाउँका ४० वर्षीय मिङ्मा शेर्पाको आफ्नै छिमेकी युमा शेर्पाले हानेको ढुङ्गाले लागेर मृत्यु भएको छ ।

शुक्रबार साँझ छिमेकीको घरमा मादकपदार्थ सेवन गरेर बसिरहेका बखत आपसी विवाद हुँदा युमाले मिङ्मालाई ढुङ्गाले हानेको प्रहरीले जनाएको छ ।

टाउकामा ढुङ्गा लागेका मिङ्मालाई उपचारार्थ पाँचथर अस्पताल ल्याउने क्रममा आज बिहान केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विज्ञान बस्नेतले जानकारी दिनुभयो ।

घटनापछि फरार युमाको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । शेर्पाको शव परीक्षणका लागि पाँचथर अस्पताल ल्याइँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर