Aamsanchar

झापाको मेचीनगरमा एमालेको चुनावी अभियान राँगा गाडामा

Author Image
शनिवार, जेठ २७, २०७४

विर्तामोड  :

नेकपा एमाले मेचीनगरले चुनाव प्रचार प्रसारका लागि उम्मेद्वारलाई राँगा गाडामा चढाएर चुनावी अभियान चलाउन थालेको छ । शुक्रबार मेचीनगर नगरपालिकाको बाहुन्डाँगी क्षेत्रमा मेयर, उपमेयर लगायत अन्य उम्मेद्वारहरुलाई राँगा गाडामा चढाएर घर दैलो कार्यक्रम चलाएको हो ।

असार १४ हुने स्थानीय तह चुनावको प्रचार प्रसारका क्रममा एमालेले झापाको मेचीनगर ४ स्थित बाहुण्डाँगी बजार आसपासमा भित्री गाउँमा वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका मतदाता समेतलाई ४ वटा राँगा गाडामा चढाएर मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेको थियो ।

एमालेका तर्फबाट मेचीनगर नगरपालिकाको मेयरका उम्मेद्वार विष्णु प्रसाईं, महिला नेतृ मीना पोखरेल उप्रेती, युवा नेता राजु कार्की, खेमराज पोखरेल, अर्जुनकुमार कार्कीलगायतका एमाले कार्यकर्ताहरु चुनावी अभियान लिएर बाहुण्डाँगी पुग्नुभएको हो ।

पार्टीले राजधानी तथा देशैभरी रेल गुडाउने कुरा गरिरहँदा एमालेका स्थानीय कार्यकर्ताले भने गाउँमा उपलब्ध साधनको प्रयोग गरेर भोट माग्न हिँड्न थालेको एमालेका तर्फबाट झापा मेचीनगर ४ का वडा अध्यक्षका उम्मेद्वार अर्जुनकुमार कार्कीले बताउनुभयो ।-अन्नपूर्ण

Views: 138

प्रतिक्रिया (०)