Aamsanchar

झाडापखालाबाट एकै गाउँका अठार जना बिरामी

Author Image
आइतवार, जेठ २८, २०७४

प्यूठान ।

गएरातिबाट स्वर्गद्वारी नगरपालिका– ५ उपल्लो सारिमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।

झाडापखालाबाट अहिलेसम्म १८ जना बिरामी परेका छन् । तीमध्ये आठ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा र बाँकीको सारीको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीयवासी गिरबहादुर घर्तीले जानकारी दिनुभयो ।

उपचारका लागि भिङ्गी र सारिका ल्याइएका बिरामीको अवस्थामा अहिले सामान्य सुधार भएको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीका जनस्वास्थ्य निरीक्षक चूडामणि पोख्रेलले बताउनुभयो । झाडापखाला रोकथामका लागि जनस्वास्थ्य अधिकृत सिद्धिमणि सुवेदीको नेतृत्वमा चिकित्सको टोली सारि पुगेको छ । झाडापखाला फैलिनुको कारण दूषित खाना र पानी रहको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर