Aamsanchar

शिवसताक्षीमा सुरक्षित वैदेशिक रोजगार सचेतना

Author Image
आइतवार, जेठ २८, २०७४

दूधे।

वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्नेमा शनिबार झापाको शिवसताक्षीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
पिपुल फोरमले आयोजना गरेको वैदेशिक रोजगार कानून सम्बन्धी चेतनामूलक कार्यक्रममा सहभागीले सुरक्षित वैदेशिक रोजगारमा जोड दिँदै गैरकानूनी रुपमा सञ्चालित मेनपावर कम्पनीलाई कारवाही गर्नुपर्ने आवाज उठाए ।
शिवसताक्षीका वडा नागरिक मञ्च, वडा नागरिक सचेतना केन्द्र, शिक्षक, वैदेशिक रोजगारबाट फर्किएकाहरु, रोजगारमा जान लागेका र तिनका परिवारका सदस्यहरु गरी ५५ जनाको कार्यक्रममा सहभागिता थियो । पिपुल फोरमका कानूनी सहायता अधिकृत देवेन्द्र भण्डारी, कानून अधिकृत यज्ञलक्ष्मी चौलागाँई र कुमार साँवाले सहभागीलाई वैदेशिक रोजगार कानूनबारे जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एवम् पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी, सहसचिव एवम् कञ्चनजंघा एफएमका समाचार सम्पादक केशव भट्टराई, जिल्ला समन्वय समिति झापाका सामाजिक विकास अधिकृत हीमराज सेढाई, बार एशोसिएशन झापाका सचिव चित्रबहादुर मगरले सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना अभिवृद्धिमा जोड दिएका थिए ।
पिपुल फोरमले झापाका दश गाउँ, नगरपालिकामा वैदेशिक रोजगार कानूनबारे जनचेतना अभियान सञ्चालन गरिरहेको छ । हालसम्म सात सय ५० जनाभन्दा बढीलाई सुरक्षित वैदेशिक रोजगारबारे सचेतना जगाइएको बताइएको छ । वैदेशिक रोजगार पीडितलाई निःशुल्क कानूनी सहायता समेत प्रदान गर्दै आएको पिपुल फोरमले ६० जना पीडितलाई निःशुल्क कानूनी सेवा प्रदान गरेको छ भने एक सय १७ जनालाई परामर्श दिएको कानूनी सहायता अधिकृत भण्डारीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर