Aamsanchar

वार्षिकोत्सवमा अपाङ्गता भएका बालबालिकालाई सहयोग

Author Image
आइतवार, जेठ २८, २०७४

बिर्तामोड।

झापाको बिर्तामोडस्थित मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाले छैठौं वार्षिकोत्सवको अवसर पारेर अपाङ्गता भएका बालबालिकाहरुलाई खाद्यान्न तथा जिन्सी सामग्री प्रदान गरेको छ ।
संस्थाले अर्जुनधारा नगरपालिकास्थित अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका बालबालिकाहरुलाई खाद्यान्न तथा जिन्सी सामग्री प्रदान गरेको संस्थाका सचिव दिनेश सिटौलाले बताए । संस्थाका अध्यक्ष खड्गप्रसाद दाहाल तथा संस्थाका पदाधिकारीहरुले अपाङ्ग बालशिक्षा सरोकार केन्द्रका शिक्षक ढुण्डीराज कोइरालालाई खाद्यान्न तथा जिन्सी सामग्री हस्तान्तरण गरेका थिए ।
संस्थाले बालबालिकाको मनोरञ्जनका लागि एलइडी टेलिभिजन समेत प्रदान गरेको छ । त्यस्तै टेलिभिजनमा केवल नेटवर्क जोडिने र त्यसवापतको शुल्क आजीवन उपलब्ध गराउने संस्थाका लक्ष्मीप्रसाद ओडारीले जानकारी दिए । सोही कार्यक्रममा साई टे«डर्स बिर्तामोडले इमरजेन्सी लाइट समेत प्रदान गरेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष दाहालले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सामग्री प्रदान गरिएको बताए । त्यस्तै पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलाले विभिन्न क्रियाकलापमा गरिने फजुल खर्चलाई सामाजिक कार्यक्रममा खर्च गरेकोमा संस्थाको प्रशंसा गरेका थिए ।
कार्यक्रममा अपाङ्ग बालशिक्षा सरोकार केन्द्र सञ्चालक समितिका सदस्यहरु उर्मिला खरेल, गोपाल कटुवाल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाको महिला परिचालन समितिकी संयोजक नैनकला भट्टराईले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर