Aamsanchar

अनाथ बालबालिकासँग विवाह उत्सव

Author Image
आइतवार, जेठ २८, २०७४

बिर्तामोड।

झापाका एक व्यवसायीले आफ्नो चौधौं विवाह उत्सव जनजाति समुदायका अनाथ बालबालिकाहरुसँग मनाएका छन् ।  विवाह, जन्मोत्सवमा गरिने फजुल खर्च घटाएर झापा बिर्तामोडका व्यवसायी शत्रुघनप्रसाद रौनियारले आफ्नो चौधौ विवाह उत्सव झापाको अर्जुनधारा नगरपालिकास्थित जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रबासमा रहेका जनजाति समुदायका अनाथ बालबालिकाहरुसँग मनाएका हुन् ।

उनले विवाह उत्सवको अवसरमा त्यहाँ रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री, फलफूल प्रदान गरेर खुशीयाली साटासाट गरेका थिए ।
बिर्तामोडस्थित प्रसाईं सुपर मार्केटमा रहेको न्यू गुप्ता क्लोथ सेन्टरका सञ्चालक समेत रहेका व्यवसायी रौनियारले विवाह, जन्मोत्सव फजुल खर्च गरी मनाउँदा विकृति बढेको भन्दै त्यसलाई रोक्न आफूले उक्त कार्य गरेको बताए ।
उनले यसअघि आफ्नो जन्मोत्सव पनि बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा रहेका वृद्धवृद्धहरुसँग खुशीयाली साटासाट गरेर मनाएका थिए । जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित मायाको माया छात्राबासमा झापा, मोरङ र पाँचथरका सातजना जनजाति समुदायका अनाथ बालबालिका रहेका छन् ।
आर्थिक अवस्था कमजोर भएर शिक्षाबाट वञ्चित रहेका उनीहरुलाई जनजाति कल्याण आश्रमले अर्जुनधारा नगरपालिका फुलबारीस्थित भानु माविमा कक्षा ४ देखि ९ सम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाएको जनजाति कल्याण आश्रम नेपालका झापा जिल्ला पूर्णकालीन सचिव राजेन्द्र मुर्मुले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर