Aamsanchar

बिषालु साग खाँदा एकको मृत्यु, पाँच गम्भीर बिरामी

Author Image
आइतवार, जेठ २८, २०७४

बागलुङ :  

बागलुङको गलकोटमा जङ्गलबाट लिएको बिषालु साग खाँदा  आइतबार एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर बिरामी परेका छन् । शनिवार दिउसो वनबाट रापेको साग भन्दै त्यसको तरकारी खाँदा गलकोट नगरपालिका १० पाण्डवखानीका ४० वर्षीय दुर्गाबहादुर काउचाको ज्यान गएको छ ।

साँझको खाना सँगै साग खाएका काउचालाई घुमाउने वान्ता हुने लक्षण देखिए पछि गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

साग खाँदा सोही स्थानका ६० वर्षीय जितबहादुर काउचा, ३९ वर्षीय जङ्गबहादुर काउचा, ५७ वर्षीय मनकुमारी काउचा, १८ वर्षीय हिरा काउचा, ३७ वर्षीय सोनिया काउचा गम्भीर बिरामी परेका छन् ।

उनीहरु मध्ये जितबहादुर र जङ्गबहादुरको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ भने अन्यको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि धौलागिरी अस्पतालमा ल्याइदै गरेको स्थानीय बालकुमारी काउचाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर