Aamsanchar

उम्मेदवार बनेका पत्रकारले राजीनामा दिनुपर्ने

Author Image
मङ्गलवार, जेठ ३०, २०७४

बिर्तामोड।

आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका सबै पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सदस्यबाट तत्काल राजीनामा दिन महासंघले आग्रह गरेको छ ।
राजनीति र पत्रकारिता एकसाथ गर्दा स्वार्थ बाझिने भएको भन्दै महासंघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो जिम्मेवारीबाट तत्काल राजीनामा दिन आग्रह गरेको हो ।

महासंघका महासचिव उजिर मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– नेपाल पत्रकार महासंघका कुनै पनि तह (केन्द्र, प्रदेश, जिल्ला) कार्य समितिभित्र पदाधिकारी वा सदस्य रहिरहेको व्यक्ति कुनै पनि राजनीतिक पदको निर्वाचनमा उम्मेदवार हुने भएमा महासंघको विधानको अक्षर र भावना बमोजिम उम्मेदवार हुनु अघि महासंघको कार्य समितिबाट राजीनामा गर्नुहुन आग्रह छ । राजीनामा नगरी उम्मेदवार भएमा कार्य समितिको पद स्वतः रिक्त भएको मानिने विज्ञप्तिमा जनाइएको छ ।
महासंघको जेठ २४ गते भएको महासंघ सचिवालयको बैठकले महासंघ कार्य समितिमा रहेका बाहेक अन्य पद वा साधारण सदस्य रहिरहेका व्यक्तिका हकमा राजनीति र पत्रकारिता एकसाथ गर्दा स्वार्थ बाझिने भएकाले नौतिक रुपमा महासंघको सदस्यता तथा पत्रकारिताबाट अलग रहेको स्वयम् घोषणा गर्न महासंघले आव्हान गरेको छ ।

यससम्बन्धि नीतिगत छलफल आगामी महाधिवेशनमा हुने महासचिव मगरले उल्लेख गरेका छन् । पत्रकारिता र राजनीतिसँगै गर्दै आएका पत्रकारहरुलाई महासंघको विज्ञप्तिपछि नैतिक दबाब सिर्जना भएको छ ।
आम पत्रकार र आम सञ्चारमाध्यमलाई अपिल
सामाजिक सञ्जालमार्फत कुनै दल, दलको उम्मेदवार वा स्वतन्त्र उम्मेदवारको प्रचारमा नलाग्न, मत नमाग्न, लाइक वा कमेन्ट वा शेयर नगर्न, मिथ्यांकपूर्ण सामग्री अपलोड नगर्न, कुनै दल वा उम्मेदवारप्रति आग्रह पूर्वाग्रह राखी सामग्रीहरु पोष्ट नगर्न÷नगराउन प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर