Aamsanchar

मकै खाँदा के–के हुन्छ फाइदा ?

Author Image
मङ्गलवार, जेठ ३०, २०७४

काठमाडौं ।

मकै शरीरमा आवश्यक पर्ने पोषणका लागि जरुरी छ । मकैमा सबै प्रकारका मिनरल हुन्छन् । मकैलाई पौष्टिक आहारका रुपमा सबैले खान सक्छन् । यसको नियमित प्रयोगले शरीरलाई स्वास्थ्य राख्न ठूलो सहयोग मिल्छ ।

मकै अत्यन्तै हेल्दी आहारका रुपमा लिइन्छ । ब्रेकफास्ट, लंच र डिनरका साथै स्नैक्सका रूपमा पनि मकैलाई प्रयोग गर्न सकिन्छ । शरीरमा जम्मा भएको अतिरिक्त चिल्लोपना अर्थात कोस्लेस्ट्रोललाई कम गर्न मकैले धेरै सहयोग गर्छ । नियमित मकै सेवन गर्दा शरीरको तौल कम गर्छ । मकैमा रहेको पौष्टिक तत्वले बिभिन्न बिमारीबाट मानिसलाई बचाउने पनि गर्छ ।

मकैमा भिटामिन ‘सी’, बायोफ्लेविनोइड्स, कैरोटेनोइड र फाइबर भरपूर मात्रामा रहेको हुन्छ । मकैले कोलेस्ट्रोल कम गरेर, धमनियालाई ब्लाक हुनबाट रोक्ने गर्छ । मकैमा रहेको फाइबरले कोलेस्ट्रोललाई नियन्त्रिण गर्न मद्दत गर्छ ।

मकैमा पाइने एंटी–ओक्सीडेंट्स र फ्लेवेनोइड तत्वका कारण क्यान्सर जस्ता खतरनाक बिमारीको खतरा कम गर्छ । फ्री रेडिकलबाट हुने नोक्सानीबाट पनि मकैले बचाउँछ । मकैमा हुने फेरूलिक एसिड, ब्रेस्ट र लिभरको ट्यूमरको आकार घटाउन पनि ठूलो मद्दत मिल्छ ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर