Aamsanchar

एम्बुलेन्स दुर्घटनामा बालिकको मृत्यु

Author Image
मङ्गलवार, जेठ ३०, २०७४

सुनसरी।

सुनसरीको इटहरी-५ मा मंगलबार बिरामी लिएर आउँदै गरेको एम्बुलेन्स अनियन्त्रित भइ दुर्घटना हुँदा एक बालिककको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।

विहान १० बजेतिर सिरहाबाट बिरामी लिएर आउँदै गरेको स १ च ११९० नम्बरको एम्बुलेन्सले सोही दिशाबाट आउदै गरेको को ना ३ ख ७१४४ नम्बरको टिफरलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भइ दुर्घटना भएको थियो।

दुर्घटनामा सिरहा गोलबजार-११ बस्ने कबिता उरावको छोरी ६ बर्षिया भुमिका उरावको घट्नास्थलमानै मृत्यु भएको छ भने उनकी आमा कविता र काका संतोष उराव घाइते भएका छन्। घाइतेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

एम्बुलेन्सका चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर